|

 
बारा :
 छठ पर्व शुरु भएसँगै तराई-मधेसका जिल्लाका जलायसहरू छठ घाटका रुपमा प्रयोग गरिन्छ। वीरगञ्जको घडीअर्वा पोखरी देशकै चर्चित छठ घाटका रुपमा प्रसिद्ध छ। आकर्षक छठघाट हेर्नका लागि मात्रै दर्शनार्थी वीरगञ्ज आउने गरेका छन्।

पोखरीको बीचमा सूर्य भगवानको मन्दिर रहेको छ। सूर्यको मन्दिर भएकाले घडीअर्वा पोखरी छठघाटलाई विशेष मानिन्छ। घडीअर्वा छठघाटलाई सजाउन १९ दिन लागेको छ। यसवर्ष झण्डै १६ लाख खर्च गरेर साज सज्जाको काम भइरहेको आयोजक समितिले जनाएको छ।

१७ वर्ष अघिदेखि छठ पूजा व्यवस्थापन समितिमार्फत घडीअर्वा पोखरीमा विशेष सजावट हुने गरेको छ। यो वर्ष छठघाटमा झालर तथा पण्डाल लगाउने ठेक्का जगदिश साउण्ड वीरगञ्जले पाए पनि त्यसका लागि अधिकांश भारतीय मजदुरहरू खटिएका छन्।

छठको मुख्य दिन शनिबार अस्ताउँदो सूर्य र त्यसको भोलिपल्ट अर्थात अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिनका लागि ब्रतालु छठघाट जाने गर्छन्। छठघाटको सय मिटर परदेखि नै पण्डाल, झिलिमिली बत्ती लगाएर आकर्षक बनाउनदेखि सुरक्षा व्यवस्थामा समेत गरी लाखौं खर्च गर्ने प्रचलन गरिएको छ।

छठ पूजा व्यवस्थापन समितिले यसवर्ष १९ लाख आम्दानी हुने र छठघाट सजावटमा १५ लाख ७० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। समितिका अध्यक्ष प्रेम साह कानूले पोखरीमा माटोको सूर्य मन्दिर, स्तम्भ तथा झालर बत्ती आकर्षक ढंगले सजाइएको बताए।

टिकट बिक्री र दाताले दिएको दान रकमबाट छठघाटको खर्च धान्ने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.