उद्धार जारी, मृत्यु भइसकेको आशंका

|

बझाङ : बझाङको बुंगल नगरपालिकास्थित अपर कालंगा हाइड्रो पावरको सुरुङभित्र काम गर्ने चार मजदुर आयतबार साँझ ४ बजेदेखि थुनिएका छन्। सुरुङभित्र थुनिएका मजदुरहरु मृत अवस्थामा फेला पर्ने अनुमान गरिएको छ। सुरुङभित्र लगिएको अक्सिजनको पाइपलाइन एकाएक अवरुद्ध भएपछि उनीहरू निस्‍सासिएर थुनिएको जानकारी प्राप्त भएको छ।

सुरुङभित्र थुनिएकामध्ये दैलेखका कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामका महेन्द्र साउद, र बझाङका शेरसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले जानकारी दिएका छन्।

सुरुङभित्र लगिएको अक्सिजनको पाइप लाइन अवरुद्ध भएपछि चार मजदुर सुरुङभित्र थुनिएका र अन्य दुई मजदुर भने बाहिर निस्कन सफल भएको जानकारी प्राप्त भएको् छ। हाइड्रो पावरको सुरुङमा थुनिएका मजदुरको उद्दारका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्‍त्र प्रहरी बलका सुरक्षाकर्मी लागिपरेका छन्।

उनीहरुबाट उद्दार गर्ने सम्भावना नदेखिएपछि अहिले काठमाण्डौबाट हेलिकोप्टरमा थप उद्दारकर्मी मगाइएको छ। ३५ मेगावाट विद्युत् उत्पादन हुने अपर कालंगा हाइड्रो पावरको ५ किलोमिटर सुरुङमध्ये ४ किलोमिटर सुरुङ निर्माण भइसकेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.