बन्न बाँकी रहेको घर बनाउँछु, पैसा नभएर रोकिएको थियो
बन्न बाँकी रहेको घर बनाउँछु, पैसा नभएर रोकिएको थियो
रोजगारमा विदेश गएकाहरू सबै कमाएर आउँदैनन्। कोही रित्तो हात आउँछन त कोही धेरै पैसा पाएको समाचार बनेर पनि स्वदेश भित्रिन्छन्। भारतका श्रीनु शिरधरनले भने १ करोड ४२ लाख पाउने भएका छन्। उनी २८ वर्षको भए। हाल उनी दुबईमा श्रमिकको रूपमा काम गर्छन्। उनको पारिश्रमिक मासिक ५ सय दिराम छ।
उनले भाग्य चिठामा ठूलो धनराशी प्राप्त गरेका छन्। दिराम १५ लाख पाएका छन्। उनका कम्पनीका अन्य २५ जना साथीले समेत टिकट खरिद गरेका थिए। श्रीनुले ५ सय पर्ने टिकटलाई २५ दिराम तिरेका थिए।
१५ लाख दिराम हासिल गरे पनि उनले ७ लाख ५० हजार दिराम पाउने भएका छन्। भारतीय १ करोड ४२ लाख रुपैयाँ पाउने भएका छन्।
सोमबार श्रीनुको मोबाइलमा नयाँ नम्बरबाट फोन आउँछ। सधै सोही समयमा कम्पनीको सुपरभाइजरको फोन आउथ्यो। नैरले भने,'म के भनुम मलाई थाहा छैन। मैले कति जिते मलाई थाहा छैन। म त्यहीँ खबरलाई सोचिरहेको छु।'
त्यो टिकट किन्न मात्र २५ दिराम खर्च गरको उनी बताउँछन्। ' मैले टिकट अनुसारको रकम जिते होला लाग्छ,' उनले भने। फोनमा आवाज आयो चिन्ता नगर नैर तिम्रो लागि पैसा सुरक्षित रहेको खबर आएको उनले जानकारी दिए।
मोबाइलमा निरन्तर घन्टी बज्छ। 'म सँग हुने त्यत्रो पैसाले के गर्ने भनेर सोच्ने समय नै थिएन। केरलामा घर बनाउँदै थिए पैसा नभएर रोकिएको छ। अब पाएको पैसाले घर पूर्ण रुपमा बनाउँनेछु,' उनले भने।
'म केही पैसाको बचत गर्छु,' श्रीनुले भने,' निम्न स्तरको परिवारबाट आएको हुँ।' उनी अंग्रेजी बोल्न सक्दैनन् तर, उनको साथीले अंग्रेजीमा अनुवाद गरेर गल्फ न्युजलाई बताएका छन्।
आयोजकसँग अनलाइनबाट अक्टुबर २० मा टिकट खरिद गरेका थिए उनले। टिकट नम्बर ०९८१६५ बक्स नम्बर २०९ बाट झिकिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।