|

बर्दिया : पाटे बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जभित्र एक माउतेको ज्यान गएको छ।

मंगलबार दिउसो निकुञ्जभित्र गैँडा मचाननजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षीय माउते कर्मचारी मंग्रु थारुको ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले जानकारी दिए।

बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका तीन जना माउतेमध्ये मंग्रु थारूलाई गैँडा मचान नजिक पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको उनले बताए।

हात्तीका लागि घाँस काटने क्रममा पाटे बाघले माउते थारूलाई झम्टेर केही पर लगेको र होहल्ला गरेपछि बाघले छाडेर गएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

बर्दियामा पछिल्लो समय पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेको छ। यस अघि निकुञ्ज भित्रबाट बाहिर आएको पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ। पाटेबाघले निरन्तर रूपमा मान्छे मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.