|

पर्सा :  दश दिनदेखि बालकको अपहरण गरी फिरौति रकम माग गरिरहेका व्यक्तिलाई गोली हानी पर्सा प्रहरीले बालकको सकुशल उद्धार गरेको छ। 

पर्साको सिर्सिया खल्वाटोलामा प्रहरीले बालक अपहरण गरेको अभियोगमा अपहरणमा संलग्न पर्साको पोखरियाका राजकुमार दासलाई गोली हानी बालकको सकुशल उद्धार गरेको हो। प्रहरीको गोलीलागि घाइते भएका उनी पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ सोनवारी हरुवाटोलका २० वर्षीय राजकुमार दास रहेको स्थानीयले बताएका छन्।

पर्सा प्रहरीले भने अपहरणमा संलग्न भई घाइते भएका व्यक्तिको परिचय खुलाएको छैन। उद्दार गरिएका बालक र अपहरणकारीको विषयमा विस्तृत जानकारी साढे १० बजे पत्रकार सम्मेलन गरी दिने पर्सा प्रहरीले जनाएको छ।

‘१० दिन देखि अपहररित बालकलाई सकुशल उद्दार गर्न सकिएको छ। अपहरणकारीलाई पनि एक गोली हानी नियन्त्रणमा लिन प्रहरी सफल भयो। बाँकी विस्तृत भने साढे १० बजे पत्रकार सम्मेलनमा जानकारी दिने छौ’ पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने।

अपहरणमा संलग्न भई घाइते भएका दासको भने अहिले वीरगन्जको नारायणी अस्पतालको एक क्याविनमा राखेर उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.