|

पोखरा : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको लोकप्रियता कायम राख्न पनि निर्वाचन जित्नुपर्ने बताएका छन्। शुक्रबार नेकपा कास्कीले आयोजना गरेको बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आसन्न निर्वाचन जुनसुकै हालतमा पनि नेकपाले जित्नुपर्ने बताएका हुन्।

‘उपनिर्वाचन जित्ने र सरकार लोकप्रिय रहेको सन्देश दिनको लागि भए पनि यो उपनिर्वाचन जसरी भए पनि नेकपाले जित्नुपर्छ,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने।

त्यस्तै, प्रचण्डले शीर्ष नेताहरू एक भएको पनि दाबी गरे। उनले आगामी कात्तिक २५ गतेभित्रै नेकपाको बाँकी एकता प्रक्रिया टुंगोमा पुग्ने पनि बताए। उनले भने, ‘कात्तिक २५ भित्रै एकता प्रक्रिया सबै टुंगो लाग्नेछ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अहिलेको सरकारले गरेका राम्रा कामहरू जनताको घरघरमा पुगेर व्यक्ति-व्यक्ति भेटेर प्रचार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए। 

‘विकास निर्माणको बारेमा सरकारले अगाडि बढाएका परियोजनाहरू, कानुनहरू, छिमेकी र विदेशीसँग गरेका सम्झौताहरू सबैभन्दा पछिल्लो मोतहारीदेखि अमलेखसम्मको पाइपलाइन विछ्याउने परियोजना सानो कुरा होइन,’ उनले भने, ‘यसको सन्देश ठूलो छ, अर्बौं रुपैयाँ महिनैपिच्छे बच्ने भएको छ, सरकारका कामका बारेमा जनतालाई बुझाउनुस्।’ 

चीनबाट रेल ल्याउने कुरा आफू पहिलो पटक प्रधानमन्त्री भएर चीन जाँदा उठाएको कुरा भएको स्मरण गरे। फरक प्रसंगमा नेकपाका महासचिव विष्णु पौडेल आफू हलगोरू जस्तै भएर धेरैठाउँमा कार्यक्रममा पुग्ने गरेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.