|

काठमाडौं :  ठगीको आरोप लागेपछि अघोरी बाबाका रुपमा परिचित विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ। उनीसँग हालै बिहे गरेकी श्रीमती शारदा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। 

महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले सोमबार दिउँसो उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

'विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो', उनले भने, 'हामीले उनकी श्रीमतीसहित नियन्त्रणमा लिएका छौँ।’

बाबाकारुपमा परिचित केसी र पत्नीविरुद्ध ठगीको आरोपमा बौद्ध प्रहरीमा उजुरी परेको थियो। शारदामाथि यसअघि पनि विभिन्‍न अभियोग लागेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.