वडामा दुई दल मात्र

|

संखुवासभा : मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्। मकालु गाउँपालिकामा रहेको निर्वाचन कार्यालय अधिकृतको कार्यालयमा बुधबार सात राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन्।

अध्यक्ष पदका लागि सत्तारूढ दल नेकपाका तर्फबाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजवादी नेपालबाट नर्वु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई र संघीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिएको निर्वाचन अधिकृत तिलक बहादुर कार्कीले जानकारी दिए।

नेकपाका उम्मेदवार तेजबहादुर पोख्रेल शिक्षक पेसाबाट अवकास लिएर राजनीतिक क्षेत्रमा कार्यरत छन्। कांग्रेसका उम्मेदवार विमन पराजुली अरुण सरोकार मञ्च जिल्ला कार्यसमितिको उपाध्यक्ष हुन्।

त्यस्तै, खाँदबारी नगरपालिका-३ को अध्यक्ष पदका लागि दुई राजनीतिक दलले मात्र उम्मेदवारी दिएका छन्। खाँदबारीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गराएका छन्।

वडाअध्यक्ष पदका लागि नेकपाका तर्फबाट भरतकुमार घिमिरे र कांग्रेस तर्फबाट विक्रम गुरुङले उमेदवारी दर्ता गराएका हुन्। नेकपा उम्मेदवार भरतकुमार घिमिरे पूर्वजिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुन्। कांग्रेसका गुरुङ पूर्वगाविसका सदस्य हुन्।

मकालु गाउँपालिकामा मकालुमा ९ हजार १ र खाँदबारी-३ मा १८ सय २२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल जिप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो। खाँदबारी-३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते हृदयाघातका कारण मृत्यु भएको थियो।

निर्वाचित दवै अध्यक्ष तत्कालीन एमालेबाट विजयी भएका हुन्। दुइटै स्थानीय तहमा सतारूढ दलनेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसको कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। गाउँपालिका अध्यक्ष पदमा उपनिर्वाचनमा समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, संघीय लोकतान्त्रीक मञ्चलगायताका साना दलबाट समेत उम्मेदवारी दर्ता गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.