|

काठमाडौं : आठ दिनदेखि हिरासतमा रहेका पूर्वराज्यमन्त्री तथा व्यवसायी रूप ज्योति रिहा भएका छन्। उनीसँगै रिहा भएकी उनकी छोरी सुरुचिलाई समेत व्यवशायीहरुले फूलमालाले स्वागत गरिएको हो। 

अघिल्लो बिहीबार सिंगापुरबाट आउने क्रममा ज्योति र उनकी छोरी सुरुचिलाई त्रिभुवन विमानस्थलको कार्यालयबाट ठगी उजुरीको आरोपमा पक्राउ गरिएको थियो। सुरुवातमा तीन दिनको लागि थुन्ने अनुमति पाएको प्रहरीले दोस्रोपटक पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। 

तर, शुक्रबार जिल्ला अदालत सरकारी वकिलको कार्यालय काठमाडौंले रूप ज्योतिविरुद्ध ठगीको मुद्दा चलाउन नमिल्ने राय जिल्ला अदालत काठमाडौंलाई दिएको छ। त्यस्तै, सरकारी वकिल कार्यालयले रिहा गर्न महनगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेसँगै रिहा गरिएको हो। उनलाई रिहा गर्न परिवारका सदस्य सहित उद्योगी व्यवसायी फूलमाला बोकेर दरवारमार्ग प्रहरी कार्यालयमा पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.