|

काठमाडौं : ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ आज आठौं राष्ट्रिय कर दिवस मनाइँदैछ। 

दिवसका अवसरमा करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरिने आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले दिवसको अवसरमा आज राजश्व परिचालनमा उल्लेखनीय योगदान पुर्याउने करदाता एवं कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ। गत वर्ष २१ लाख करदाता करको दायरामा आएकोमा पछिल्लो एक वर्षको अवधिमा करदाताको संख्या बढेर हालसम्म २९ लाख ६५ हजार करदाता करको दायरमा आएको विभागका महानिर्देशक बाबुराम कुँवरले जानकारी दिए। 

गत वर्षको तुलनामा औसत राजस्व वृद्धिदर २३ प्रतिशत रहेको र चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विभागको राजस्व असुलीको लक्ष्य १ खर्व २५ अर्व रहेकोमा लक्ष भन्दा झण्डै २१ अर्व कम अर्थात १ खर्व ४ अर्व असुली भएको विभागले जनाएको छ। यसैबिच दिवसको अवसरमा शुभकामना सन्देश जारीगर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक राजश्व परिचालनको योगदान बढ्दै जान थालेको बताए।

उनले करदाता र कर प्रशासनबिच अपासी साझेदारी र सहकार्यलाई थप मजबुद बनाउँदै लागत प्रभावी र परादर्शी बनाइ राजश्व परिचालन गर्ने सरकारले नीति लिएको उल्लेख गरे। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.