|

डोल्पा : डोल्पाको बलाङ्ग्रा लेकमा चौरी फार्म पुनः स्थापना हुने भएको छ। विस २०३५ सालमा स्थापना भएको उक्त चौरी फर्म बन्द भएको २७ बर्षपछि पुनःस्थापना हुन लागेको हो।

उक्त चौरी फर्म स्थापनापछि १४ वर्ष लगातार सञ्चालनमा रहेपनि तत्कालिन समयमा राजनीतिक खिचातानीका कारण २०४९ सालमा बन्द भएको थियो।

त्यतिखेर स्थानीयलाई रोजगारी प्रदान गर्नेसँगै चौरी प्रजनन्, उन उत्पादन, दुग्धजन्य वस्तु जस्तै दूध, दही, घिउ, चिज उत्पादन, चौरीका साँढ उत्पादन गरेर बिक्रीवितरण गर्ने उद्येश्यकासाथ सरकारीस्तरबाटै चौरी फर्म स्थापना गरिएको थियो।

हाल भग्नावशेषमा सीमित उक्त चौरी फर्म संघीय सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र कर्णाली प्रदेश भूमि व्‍यवस्था तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा पुनःस्थापना हुन लागेको हो।

फर्म सञ्चालनका लागि केन्द्र र प्रदेश सरकार दुई तालुक मन्त्रालयले संयुक्तरूपमा एक बजेट विनियोजन गरेकाछन्। उक्त बजेट जिल्लामा आइसकेकाले केही समयभित्रै टेन्डर गरेर भवन पुनःनिर्माण गर्ने पशु अस्पताल डोल्पाले जानकारी दिएको छ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ११ मा पर्ने बलाङ्ग्रा लेकमा फर्म पुनःस्थापना गर्न एक करोड बजेट पशु अस्पताल प्रमुख चन्द्रलाल धरलाले जानकारी दिए। उक्त बजेटबाट भग्नावशेषको रुपमा रहेका भवनहरु पुनःर्निर्माण गर्ने,गोठ बनाउने,गोठाला निवास बनाउने,चौरी खरिद लगायतका कार्यहरू गर्ने धरलाले बताए।

बाबुबाजेको पालादेखिनै चौरीपालन व्‍यवसाय गर्दै आएका बन्तडिबासीले अहिले पनि व्‍यक्तिगत रुपमा सो व्‍यवसाय गरिरहेका छन्।

फर्म पुनःस्थापनाका लागि बजेट आएपछि पुरानै चौरी फारम ब्युताउने वर्षौदेखिको सपना साकार भएको स्थानीय देवीघर्तीले बताइन्।

लामो समयदेखि बन्द भएको चौँरी फर्म पुनःस्थापनाकालागि पटक–पटक तीनवटै तहको सरकारसँग आग्रह गर्दै आए पनि अहिले आएर माग पूरा भएको स्थानीयले बताए। चौरी फर्म पुनः स्थापनासँगै गाउँमा रोजगारीका विभिन्न अवसर सृजना हुने भन्दै स्थानीयले खुसी व्‍यक्त गरे।

आफू तत्कालीन जिल्ला विकास सभापति हुँदा आन्तरिक व्‍यवस्थापन गर्न समस्या भएपछि पहिलाको चौँरी फर्म बन्द गरिएको बताउँदै अब त्यसरी बन्द हुन नदिने नगरप्रमुख ओमबहादुर बुढाले प्रतिबद्धता गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.