|

काठमाडौं :  हिमाल आरोही निर्मल पुर्जा  ‘नविल हिरो’ बनेका छन्। 

विश्व कीर्तिमानी आरोही निर्मल पुर्जालाई नबिल बैंकले ‘नबिल हिरो’ उपाधिबाट सम्मान गरेको हो। बैंकले पुर्जालाई ७ लाख राशीको पुरस्कारसहित उपाधि दिएको हो।

नविल बैंकका सीईओ अनिल केशरी साहले पुर्जाको साहसिक आरोहणलाई सम्मान गर्दै सो उपाधि प्रदान गरे।  पुर्जाले सबैभन्दा छोटो समयमा ८ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका थिए।

बेलायती सेनामा कार्यरत उनले हिमाल आरोहणकै लागि जागिर छोडेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.