|

बैतडी : भारतसँग सीमा  जोडिएको बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो। यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशिलता कारण जनाउदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर ९ गते साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ।   

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतीमा खोल्न सकिने निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए।  
यसअघि गत असोज १८ गते  भारतको पिथौरागढमा  जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन  हुँदा पनि  असोज १६ गतेदेखि असोज १८ गते ३ दिनसम्म   झुलाघाट नाका बन्द गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.