|

दाङ : नेपाल रेडक्रस सोसाइटी दाङले आइतबारदेखि रगतको मूल्य बढाउने निर्णय गरे पनि तत्काल कार्यान्वयन नहुने भएको छ।

जिल्ला प्रशासन कार्यालय दाङमा आइतबार रगतको मूल्य तत्काल नबढाउने सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको उपस्थितिमा भएको छलफलमा रक्तसञ्चार केन्द्रले बिरामीलाई रगत उपलब्ध गराउँदा एक हजार रुपैयाँ लिने निर्णयलाई स्थगित गर्ने सहमति छ। 

रक्तदाताले निःशुल्क रुपमा दिने रगतलाई व्यवसायको विषय बनाएको भन्दै नेपाल स्वयंसेवी रक्तदाता समाज दाङले जिल्ला प्रशासन कार्यालय, घोराही उपमहानगरपालिकालगायतका निकायको ध्यानाकर्षण गराएको थियो। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा रेडक्रस दाङका सभापति नारायण आचार्यले कर्मचारीलाई दिनुपर्ने रकम अपुग भएकाले रगतको मूल्य बृद्धि गर्नु परेको बताएका थिए। रगत परीक्षणका लागि आवश्यक पर्ने केमिकलको मूल्य बढेको, कमर्चारीलाई तलब दिनु परेको कारणले गर्दा शुल्क केही बढाउनु परेको आचार्यले प्रष्ट्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.