|
फाइल फोटो

काठमाडौं : नयाँ मन्त्री चयन चर्चासँगै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल उपस्थित छैनन्।

मध्यान्‍ह साढे १२ बजे बोलाइएको बैठक पौने १ मा सुरु भएको हो। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा पार्टीका सांगठनिक गतिविधि विस्तार तथा विधान संशोधनका विषयहरु मुख्य एजेण्डामाथि छलफल बताएका छन्। 

आजको सचिवालयमा समयदेखि बस्‍न नसकेको स्थायी कमिटी बैठक बोलाउनेबारेमा सचिवालय बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेपछि त्यसैबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ। बैठकमा बाहिरिने मन्त्री र नयाँ मन्त्रीबारे नेकपाले निर्णय लिनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.