|

काठमाडौं : हङकङबाट आएका दुई चिनियाँ नागरिक चेन होङयाङ र चेन क्विनहाङ आड किलो सुनसहित बिहीबार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परे। जहाजबाट बाहिरिने क्रममा भन्सार र प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।

अवैध रुपमा नेपाल भित्र्याइएको सुन बरमद गरिएका यो पछिललो घटना हो। प्रहरीका अनुसार २०७१ मा १११ किलो, ०७२ मा ६८, ०७३ मा ९१, ०७४ मा १७९, ०७५ मा ८९ र चालु आर्थिक वर्षको आठ महिनामा २९ किलो सुना बरामद भएको समाचार कान्तिपुर दैनिकमा छ।

प्रहरीका अनुसार छ वर्षको अवधिमा त्रिभुवन विमानस्थल तथा चीन र भारतसँग जोडिएका नाकाबाट ५६७ किलो सुन बरामद भएको छ। जुन अहिलेको दरअनुसार करिब तीन अर्ब ५० करोड रुपैयाँ बराबरको सुन हो। तस्करीमा संलग्न ४५५ जना नेपाली र विदेशी नागरिक पक्राउ परेका छन्। पक्राृ परेको केहीबाहेक अधिकांश भरिया रहेको प्रहरी अधिकारीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.