|

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका–१, मा नयाँ वडाध्यक्ष चयन गर्न मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।

मतदान सकिएपछि शनिबार (आजै) साँझ ६ बजे सर्वपक्षीय बैठक राखेर मतगणनाबारे निर्णय हुने मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए।

सर्लाहीको पूर्वी–दक्षिण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–१ मा जारी मतदान शान्तिपूर्ण रुपमा भइरहेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए। उपनिर्वाचनलाई मध्यनजर गर्दै हरिपूर्वामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

वडा कार्यालयस्थित मतदान केन्द्र आसपास ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। स्थानीय वासिन्दाले बिहानैदेखि मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्।

हरिपूर्वा–१ मा एक हजार ३ सय ५६ जना मतदाता रहेका छन्। जारी मतदानमा १२ बजेसम्म ७ सय ३७ मत खसेको जनाइएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित वडाध्यक्ष ईसाक अन्सारीको अघिल्लो वर्षको असारमा निधन भएपछि हरिपूर्वा–१ मा उपनिर्वाचन भइरहेको हो। वडाध्यक्षका लागि दुई स्वतन्त्रसहित नेकपा, कांग्रेस, राजपा, समाजवादी र जनमत पार्टीका गरी सात जना उम्मेदवार चुनावी मैदानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.