|
फाइल तस्वीर

जाजरकोट : गत वर्षायाममा आएको कांशिलखोलाको बाढीले विद्युतगृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्स-रे सेवा अझै सुचारु हुँन सकेको छैन्।

जिल्लाको मुड्केचुला गाउँपालिका-२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा एक्स-रे सञ्चालनमा लागि आवश्यक विद्युत नहुँदा बन्द भएको हो। विसं २०६६ सालमा स्थापना भएको अस्पतालमा  इटालियन संस्थाले औषधिदेखि अन्य सेवा निःशुल्क दिने गरेको छ। 

विद्युतको अभावमा एक्स-रे मेसिन सञ्चालन नहुँदा स्थानीयवासी महँगो शुल्क तिरेर जिल्लाबाहिर जान बाध्य भएको ल्याप टेक्सिसियान  नेत्रबहादुर शाहीले बताए। ईल, रिजिङ सर्मी, ओक्ट, होर्त, सुर, नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिँदै आएका छन्।

दैनिक चिसो बढेकोले निमोनिय, रुघाखोकी अन्य रोगका विरामी अस्पतालमा उपचारका लागि आउने भए पनि एक्स-रे सेवा लिन भने सकिएरहेका छैन्न। त्यस्तै, ल्यापको कामसमेत प्रभावित हुँदै आएको छ। दिनमा घामसमेत राम्रो नलाग्दा काम गर्न समस्य भएको डाक्टर कृष्ण अधिकारीले जानकारी दिए। २४ घण्टा सञ्चालने हुँने यो अस्पताल आजभोलि चिसोका कारण बिहान १० देखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन हुँने गर्दछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.