|

सर्लाही : हरिपूर्वा नगरपालिका–१ को अध्यक्षमा समाजवादी पार्टीका श्यामबाबु राय विजयी भएका छन्। 

शनिबार राति सम्पन्न मतगणना अनुसार रायले ३४७ मत ल्याएर विजयी भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार मोहम्मद रोष अन्सारीले ३२८ ल्याएका छन्। 

यस्तै, राष्ट्रिय जनता पार्टीका उम्मेदवार राम विश्वास रायले ३२८, सिके राउतको जनमत पार्टीका दिनेश राय यादवले ५२, नेपाली कांग्रेसका रामपृत पासवानले २३ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिए।

एक हजार ३५६ मतदाता रहेका वडामा एक हजार ९३ मत खसेको थियो। तीमध्ये ५७५ महिला र ५१८ पुरुष रहेका छन्।  २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित ईसाक अन्सारीको २०७५ असारमा निधन भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.