|

धनुषा : महोत्तरीको बर्दिवासमा आज विहान पिकअप भ्यान दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। 

१५ जना घाइते भएका छन्। दुर्घटनामा धनुषाधाम २ का शकुन्तलादवी साह र र्बतनिया महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ। 
बाराको गढीमाइ मेला दर्शन गरेर जनकपुर फर्कने क्रममा ना ५ च १२२७ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर  दुर्घटनामा परेको हो।  

दुर्घटनामा घाइते भएका १५ जनाको महोत्तरी र धरानका विभिन्न अस्पतालमा उपचार भइरहेको महोत्तरी प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.