श्रीलंकालाई रजत, बंगलादेशलाई काँस्य

|
फाइल फोटो

काठमाडौं : १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार भारत्तोलनबाट सञ्जु चौधरीले महिला ५९ केजी तौल समूहबाट स्वर्ण पदक जितेकी छन्।

सञ्‍जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल एक सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन्। श्रीलंकाकी एस राजापाक्षले रजत जितिन्। 

बंगलादेशकी फायमा अख्तरले कास्य पदक जितेकी छन्। राजपाक्षले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९१ केजी गर्दै कुल एक सय ६१ केजी तौल उचालिन्। अख्तरले स्न्याचमा समान ७० केजी उचालेओअनी क्लिन एन्ड जर्कमा ९० केजी उचालेकी थिइन्।

नेपालका लागि १३औं सागमा  सञ्जुले जितेको यो ३५ औं स्वर्ण हो। यससँगै नेपालले बिहीबार मात्रै छैटौं स्वर्ण पदक जितेको छ। यसअघि उसुकी निमा घर्तीमगर, साइक्लिङका लक्ष्मी श्रेष्ठ र बुद्धिबहादुर तामाङ, पौडीकी गौरिका सिंह र तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण जितिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.