|

काठमाडौं : नेपालले लन टेनिसबाट पदक पक्का गरेको छ। घरेलु भूमिमा जारी १३ औँ दक्षिण एसियाली सागका क्रममा शुक्रबार भएको खेलमा नेपालकी प्रेरण कोइरालाले सेमिफाइनल यात्रा तय गरेसँगै लनटेनिसबाट पहिलो पटक पदक पक्का भएको हो।

नेपालले साग इतिहासमै पहिलो पटक लन टेनिसबाट पदक पक्का गरेको हो। कम्तीमा कास्य पदक पक्का गर्ने क्रममा प्रेरणाले माल्दिभ्सकी जेन अब्दुल रसिदलाई ७-५ र ६-१ को सोझ सेटमा पराजित गर्दै सेमिमफाइनलमा प्रवेश गरेकी हुन्। यससँगै नेपालले लन टेनिसबाट सागको इतिहासमा पहिलो पटक पदक जित्ने भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.