पूर्वकप्तान पारसको उत्कृष्ट बलिङ

|

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत अहिले भईरहेको क्रिकेट स्पर्धामा नेपालले बङ्गलादेशलाई १५५ रनमा समेटेको छ। 

टस जितेर पहिलो इनिङमा फिल्डिङ रोजेको नेपालले पूर्वकप्तान पारस खड्काको उत्कृष्ट बलिङमा बङ्गलादेशलाई मध्यम स्कोरमा सीमित राखेको हो। 

पारस एक्लैले बङ्गलादेशको तीन विकेट लिए भने अविनाश बोहोराको बलमा क्याच गर्दै अर्का बङ्गाली ब्याट्सम्यानलाई पेभेलियन फर्काइदिए। 

चार ओभर बलिङ गरेका खड्काले तीन विकेटका लागि जम्मा १५ रन खर्चिए। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले दुई विकेट र अविनाश बोहोराले एक विकेट लिए। 

बङ्गलादेशका लागि नाज्मुल होसैनले सर्वाधिक ७५ रन जोडे भने अफिफ होसैनले ५२ रन जोडे। प्रतिष्पर्धाको दोस्रो इनिङमा नेपालले ब्याटिङ शुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.