|

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ। बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन।

बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। जवाफी व्याटिङ गरेको नेपाल ४४ रनले पराजित भएको हो।

नेपालले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो। यस्तै महिला क्रिकेटतर्फ नेपालले मालदिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ। पोखरा क्रिकेट मैदानमा खेल चलिरहेको छ। तीन खेलमध्ये १ मा जित र दुइमा हार ब्यहोरेर नेपाली महिला टीम अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। मालदिभ्स तीनै खेलमा हार ब्यहोरेर तालिकाको पुच्छारमा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.