|
प्रतीकात्मक फोटो

रौतहट : रौतहटको एक इँटाभट्टामा प्रेसरकुकर बम भेटिएको छ। राजपुर नगरपालिका-७ स्थित चौधरी इँटाभट्टामा शनिबार बिहान ११ बजेतिर उक्त बम भेटिएको हो।

भेटिएको बमलाई नेपाली सेनाको बम डिस्पोजलको टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए। उनका अनुसार कामदारले बम देखेपछि प्रहरीलाई खबर गरेका थिए। सेनाले करिब १ बजेतिर बमलाई निष्क्रिय पारेको उनले बताए।

इँटाभट्टाका संचालक विनोदप्रताव जैसवालले भने आफूलाई अज्ञात व्यक्तिबाट बेलाबेलामा धम्की आउने गरेको बताए। संचालक जैसवालले केही व्यक्तिले पटकपटक चन्दा माग्दै आएको र आफूले नदिएपछि डर देखाउन बम राखेको बताएका छन्।

बम अज्ञात समूहले राखेको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.