|

काठमाडौं :  नेपाली टेनिस इतिहासमा प्रेरणा कोइरालाले एतिहासिक सफलता हात पारेकी छिन्। पहिलो पटक टेनिसमा महिला सिंगल्समा पदक जितेको कीर्तिमान बनाएकी प्रेरणाले एकै प्रतियोगितामा तीन पदक जित्ने कीर्तिमान पनि बनाइन्।

टेनिसतर्फ प्रेरणाले महिला एकल, मिक्स डबल्स र महिला डबल्समा तीन वटा कांस्य जित्दै इतिहास रचेकी हुन्। सेमिफाइनलमा शनिबार भारतीय नम्बर एक खेलाडीसँग ६–० र ६–० ले पराजित भइन्।

यसअघि क्वार्टरफाइनलमा उनले माल्दिभ्स खेलाडीलाई ७–५ र ६–३ को सेटमा पराजित गर्दै पदक पक्का गरेकी थिइन्। उनी र सलोनी तामाङको डबल्स जोडी भारतीय खेलाडीसँग सेमिफाइनलमा पराजित भयो।

 यद्धपि, यो इभेन्टमा पनि प्रेरणालाई कांस्‍य जित्‍न सफल भइन्। बंगलादेशी जोडीलाई ६–३ र ६–३ को सेटमा पराजित गर्दै कांस्य पदक पक्का उनीहरूले मंगलबार नै गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.