|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ४ गते संघीय संसदका दुवै सदनको बैठक बोलाएकी छन्। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिल पुस ४ गते संसद बैठक आह्वान गरेकी हुन्।

संसदको हिँउदे अधिवेशनको पहिलो दिनको बैठकमै रिक्त रहेको सभामुख चयन गर्ने तयारी गरिएको छ। सभामुख चयनदेखि विभिन्‍न बिधेयक अलपत्र रहेको अवस्थामा राष्ट्रपतिले संसद बैठक आह्वान गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्याका बावजुद सोमबार मन्त्रिपरिषद् बोलाएका थिए। पार्टी सचिवालय बैठकमा अनुपस्थित उनी बालुवाटारमै भएको मन्त्रिपरिषद्‍मा उपस्थित भएर संसद बैठक बोलाउन सिफारिस गरेका थिए। 

पुसदेखि फागुनसम्म हिउँदे संसद अधिवेशन बोलाउने गरिन्छ। सभामुख चयनका लागि सत्तारुढ नेकपाभित्र कुरा मिलिसकेको छैन।  नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सुवास नेम्वाङलाई नै सभामुखको जिम्मेवारी दिने सहमति जुटाएको स्रोतको दाबी छ। नेम्बाङ यसअघि चार पटकसम्म सभामुख भइसकेका छन्। 

सभामुखका लागि नेकपाबाट उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे, नेताहरु देव गुरुङ, अग्नि सापकोटासहितका नेताहरु दाबेदार मानिएका छन्। पुस ४ बस्ने संसदको हिउँदे अधिवेशनको पहिलो बैठकबाटै सभामुख चयन प्रक्रिया अघि बढ्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.