|

उदयपुर : बाल बिबाह गरेको आरोपमा प्रहरीले १९ बर्षीया बेहुली, २४ बर्षीय बेहुला र उनीहरुका अभिभावकलाई पक्राउ गरेको छ।

बालबिबाह भईरहेको भन्ने उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले बुधबार बेहुला–बेहुली र उनीहरुका अभिभावकलाई नियन्त्रणमा लिएको हो।

बेहुला २४ वर्षीय भुपध्वज कार्की, उनका बाबु पदमबहादुर कार्की, बेहुली १९ बर्षिया लेखाकुमारी थापा र उनका बाबु रुद्रदबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको उदयपुर प्रहरी प्रमुख वीरबहादुर बढामगरले जानकारी दिए।

स्थानीय बाल क्लब, जनप्रतिनिधि र प्रहरीसमेतको रोहवरमा बधुको उमेर २० वर्ष पुगेपछि बिहे गरिदिने सहमति भएसँगै बेहुला–बेहुललाई अभिभावको जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.