|

काठमाडौं : काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँतर्फ आउँदै गरेको बा ९२ प ५१९२  नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ का २९ वर्षीय प्रकाश दाहालको मृत्यु भएको हो। उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका सुनकोशी गाउँपालिकाका ३१ वर्षीय नवराज दाहालको धुलिखेल अस्पतालमै उपचार भइरहेको छ।

यस्तै, पूर्वी नवलपरासीको कावासोती–३ पुरानो कावासोती बजारमा नेपाली सेना चढेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुर्खेतबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको टोली सवार ना ६ ख ४०४ नम्बरको बस शनिबार बिहान करिब ३ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर छ।

गम्भीर घाइते हुनेमा प्रेमबहादुर खत्री र विरेन्द्र शाही हुन्। उनीहरुलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनामा भर्ना छनौट भएर थप तालिमका लागि काठमाडौं जाँदै आउँदै गरेकाहरु दुर्घटनामा परेका हुन्। बस अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.