|

मोरङ : कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापति गुटको नेता बन्न खोज्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मोरङले कानेपोखरीमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले यस्ताे बताएका हुन्। 

'कांग्रेस जस्तो ऐतिहासिक विरासत बोकेको पार्टीका सभापति देशको नै अभिभावक हुनुपर्नेमा सभापतिले नै एउटा गुटलाई मात्र बोक्नु उचित होइन' पौडेलले भने।

महाधिवेशन गर्ने विषयमा समेत बहुमतको आधारमा एकलौटी निर्णय हुँदा देशभरका कार्यकर्ता निराश भएको भन्दै पौडेलले सबै कार्यकर्ताको साझा नेता बन्न सभापतिलाई सुभाव दिए।

'अहिले देखिएको विवाद समाधान गर्ने मुख्य दायित्व पार्टी सभापतिकै हो,' उनले भने, 'सहमति बेगर बुहमतबाट मात्रै निर्णय गर्दै जाने हो भने पार्टी थप कमजोर हुनेछ।' 

 फरक प्रसंगमा पौडेलले सरकार नीतिगत रुपमै भष्टाचरीको संरक्षणमा जुटेको र कांग्रेस त्यसको साक्षी बसेको अवस्था देखिएको टिप्पणी गरे । देश र जनताको पक्षमा अहिलेको सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेपनि केही गर्न नसकेको पौडेलको भनाइ छ। 

पौडेलले पछिल्लो समय मुलुकमा भष्ट्राचार, कुशासन, अनियमितता, असुरक्षा, महंगी सबै बढ्दा पनि सरकार केवल मूकदर्शक प्रमाणित भएको दाबी गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.