|

काठमाडौं : सन्‍राइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघबीच मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशनबमोजिम उपलब्ध हुने बीमा सुविधासहितको व्याज अनुदान, कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैरकोषमा आधारित सहुलियतपूर्णकर्जा नजिकको सन्‍राइज बैंकका शाखामार्फत उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।

सनराइज बैंकको प्रधान कार्यालय, गैरीधारामा भएको एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटिज्यु र बैंकको तर्फबाट व्यापार बैंकिङ प्रमुख हरिप्रसाद आर्चायज्युले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशनबमोजिम रोजगार सृजना गरि आर्थिक उन्नति चाहने महिला उद्यमी तथा नेपाल राष्ट्र बैंकले तोकेको योग्यता पुगेका अन्य व्यक्ति तथा व्यवसायीले पनि नजिकको सन्राइज बैंकसंग हातेमालो गर्न सक्ने बताए।

यसै, क्रममा पौष ७ मा भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघमा आवद्व उद्यमीलाई बीमा, व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहनसहितको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको भयो।

उक्त कार्यक्रममा उपस्थित लघू, साना तथा मझौला उद्यमी/महिला सदस्यलाई उद्यमशिलता विकास सल्लाह, बीमा र व्याज अनुदान तथा निर्यातमा नगद प्रोत्साहन सहितको सहुलियतपूर्ण कर्जा लगानीमा सन्‍राइज बैंक हातेमालो गर्न तयार रहेको कुरा जानकारी गराइएको थियो।

 आगामी दिनमा यस्ता जानकारीमूलक कार्यक्रमलाई देशको अन्य भागमा रहेको सन्‍राइज बैंकका शाखाबाट समेत निरन्तरता दिने समेत बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.