|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार भएको खेल पनि बराबरीमा सकिएको छ। सोमबार भएका दुवै खेल पनि बराबरीमा सकिएका थिए। मंगलबार फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बरावरी खेलेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले गोलरहीत बराबरी गर्दै अंक बाँडेका छन्। दुवै टोलीले अहिलेसम्म जित निकाल्न सकेका छैनन्। 

यो बराबरीसँगै फ्रेन्ड्स क्लबले ५ खेलबाट २ अंक जोडेको छ भने समान खेल खेलेको हिमालयन शेर्पाले ३ अंक बनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.