|

मुगु : जाडो याम सुरु भएसँगै रारामा पाहुना चरा आउन थालेको छ। जाडो छल्न पाहुना चरा आएको हो। 

मंसिर लागेसँगै आएका विदेशी चराले रारा ताल भरिन थालेको छ। हिउँद याममा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा चरा आउने गर्दछ। सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा क्षेत्रमा आउने गर्दछन्।

तीमध्ये अहिलेसम्म २० प्रजातिका आगन्तुक चरा रारामा आइसकेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए। रारामा हाँस प्रजातिका चरा मंसिरदेखि नै आउन थालेको हो। यहाँ बसाइँ आउने चराहरु चैतपछि फर्किने अधिकृत भण्डारीले बताए। 

आगन्तुक चराहरु करिब पाँच महिनासम्म रारा क्षेत्रमा बस्ने गर्दछन्। यो अवधिमा यहाँको तालदेखि जंगल क्षेत्रसम्म विदेशी चरा देख्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.