|

काठमाडौं : दोलखा जिल्लामा पर्ने कालिञ्चोक मन्दिर आन्तरिक तथा बाह्‍य पर्यटकहरूका लागि प्रमुख गन्तव्य बनेको छ। सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाइमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवतीसमेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिमश्रृंखला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ। यहाँ हिउँदको समयमा हिउँ परेको दृश्य हेर्न जानेको संख्या अत्यधिक देखिन्छ।

 कालिन्चोक भगवतीसम्म जाने बाटो कठिन छ तर जानेहरुको संख्या पनि उतिकै देखिन्छ। चरिकोटदेखि करिब १७ किलोमिटर दूरीमा रहेको कुरी बजारसम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जिप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। कुरी बजारदेखि उकालो करिब २ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुग्न सकिन्छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.