|

इराकमा रहेको अमेरिकी सैनिक अखडामा फेरि हमला भएको छ। 

बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको  इरकाकी सेनाले जनाएको छ। यद्यपी हमला कसले गर्यो भन्ने बारेमा भने खुलाइएको छैन्। 

अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो। इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ। यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ। हमलामा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले  जनाएका छन्। 

अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि सो स्थानबाट अमेरिकी सैनिकले छोडिसकेका छन्। अमेरिकी हमलामा आफ्ना शीर्ष सैन्य कमाण्डरको हत्या भएपछि केहि दिनअघि इरानले यही सैनिक अड्डामा मिसाइल प्रहार गरेको थियो। 

अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थलनजिक मिसाइल प्रहार गरेर कासिम सुलेमानीको हत्या गरेको थियो। यो घटनापछि अमेरिकी र इरानबीच तनाव झन् बढ्दै गइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.