भिसाको समय सकिएर बस्‍नेमा चिनियाँ नागरिक बढी

|

काठमाडौंः केही महिनायता विदेशी नागरिकबाट आपराधिक घटना बढ्न थालेपछि नेपालबाट दुई सय ७८ विदेशी नागरिकलाई निष्कासित गरिएको छ। चीन, बंगलादेश, अफगानिस्तान, कम्बोडिया,स्वीटजरल्याण्ड,पाकिस्तान, बेलायत,अमेरिका, रसिया, जापान र अफ्रिकन मुलुकका नागरिक निष्कासित भएका हुन्। नेपालमा रही विभिन्‍न आपराधिक घटनामा संलग्‍न रहेका पाँच सय भन्दा बढी  व्यक्तिलाई निष्कासित गरिएको अध्यागमन विभागले जनाएको छ।

विशेषगरी नक्कली राहदानी र प्रवेशाज्ञा (भिषा) प्रयोग गरी गैरकानुनी रुपमा नेपालमा बसेका विदेशी नागरिकलाई निष्कासित गरिएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए। उनका अनुसार २५ जना इरानी नागरिकलाई निष्काशित गरिएको छ। इरानीहरुले नेपालमा प्रवेश गरी ट्राभल डकुमेन्ट बनाएर पश्चिमा मुलुकतर्फ जान खोज्‍ने र त्यसैलाई बलियो प्रमाण बनाइ देखाइ युरोपियन मुलुक प्रवेश गर्न नेपालको बाटो प्रयोग गरेको तिवारीले जानकारी दिए।

नेपाललाई पहिलो गन्तव्य मुलुक बनाएर अन्य मुलुकमा जान सजिलो हुने भएकोले यहाँ आएको हुन सक्ने तिवारी बताए। उनले भने,'पर्यटक भिषामा आउँछन। उनीहरुको सक्कली पासपोर्ट च्यातेर फालेर नयाँ बनाएर जान्छन। भिषामा समय थपेर पनि नेपाल बस्‍ने गरेका छन्।' यसो गर्नेमा इरानीहरुको संख्या धेरै रहेको तिवारीले जानकारी दिए।

सन्‌ २०१९ जनवरीदेखि डिसेम्बरसम्ममा विभिन्‍न अपराध गरी नेपालबाट निकालिएका विदेशी नागरिक।
देश अपराध डिपोर्ट गरिएको संख्या
चीन ओभरस्टे ४१५
अमेरिका ओभरस्टे २३
बेलायत ओभरस्टे १५
दक्षिण कोरिया ओभरस्टे १५
पाकिस्तान ओभरस्टे
श्रीलंका ओभरस्टे
फ्रान्स यौन दुराचार
बंगलादेश कल बाइपास
रुस लागुऔषध
जापान लागुऔषध
बेलायत लागुऔषध
स्विट्जरल्याण्ड लागुऔषध
चीन चोरी
इरान जाली राहदानी/प्रवेशाज्ञा २५

स्रोत : अध्यागमन विभाग


त्यसैगरी, अन्य मुलुकका नागरिकहरु पनि आपराधिक क्रियाकलापमा संलग्‍न रहेको र त्यस्ता नागरिकलाई निष्कासित गरिसकेको उनले स्पष्ट पारे। सुन पैठारीमा चीन र कम्बोडियाका नागरिकको संलग्‍नता बढी देखिएको छ। त्यस्ता आपराधिक कार्यमा संलग्‍न विदेशी नागरिकलाई ५ वर्ष जेल वा ५० हजार देखि १० लाख रुपैयाँसम्म जरिवाना गराइने व्यवस्था छ।

विभागका अनुसार केही महिनाअघि यौन दुराचारको घटनामा संलग्‍न रहेका दूई फ्रान्सेली नागरिकलाई निष्काशनमा परिसकेका छन्‌। याैन दूराचारजस्ता आपराधिक क्रियाकलापमा पश्चिमा मुलुकका नागरिकहरु धेरै संलग्‍न छन्‌। उनीहरु भिसाको समय सकिएपछि पनि यहाँ बस्‍ने गरेका छन्।अहिलेसम्म एकजना भारतीय मुलका अमेरिकी नागरिक र बेलायतका केही नागरिकलाई नेपालले निकाला गरिसकेको छ।

'नेपालमा बसेर कल बाइपास गर्ने बंगलादेशी नागरिक पनि निष्काशनमा परेका छन्‌, बंगलादेशीलाई निकालेपछि नेपालमा कल बाइपासको घटना सार्वजनिक भएको छैन, उनीहरु नागरिक सुचना प्रविधिको क्षेत्रमा रहेर काम गरिरहेका थिए,' उनले भने।

नेपालमा लागुऔषध कारोबारमा संलग्‍न रसिया, स्वीटजरल्याण्ड, जापान र पाकिस्तानका केही नागरिकलाई पनि अदालत प्रक्रिया पुर्‍याएर निष्कासन गर्ने तयारी भइरहेको छ।

भिसाको समयवाधि सकेर बस्‍नेमा बढी चिनियाँ नागरिक

प्रवेशाज्ञा (भिषा) अवधि सकिँदापनि बसिरहनेमा चीनियाँ नागरिकको संख्या धेरै छ। यी चीनियाँहरु नेपालमा वैधानिक तरिकाले बसिरहेका चीनियाँकहाँ काम गर्छन्‌।

नेपालमा गैरकानूनी रुपमा विदेशीहरु कसरी सजिलै बस्छन्‌ त? यसको कारण हो : त्यसरी बस्‍नेहरुको एकीन तथ्यांक सरकारले राख्‍ने गरेको छैन भने नेपालीहरु विदेशी नागरिक देख्‍नासाथ सम्मानभाव देखाउँछन्‌। विदेशीहरुले यसैलाई अवैधानिक रुपमा बस्‍ने हतियार बनाउँछन्‌। नेपालीहरुको आतिथ्यता दुरुपयोग गर्नेमा चीनियाँहरुको संख्या धेरै रहेको र अहिलेसम्म डलर कारोबार, बैंकिङ्ग कसुर र ओभरस्टेलगायतका कारण धेरै संख्यामा चीनियाँहरु निकालामा परिसकेका छन्‌। नेपाल आएका ६० प्रतिशत चिनियाँ नागरिक भिसाको समय गुज्रँदा पनि यही बस्‍ने गरेको विभागको आंकलन छ।

जरिवाना तिराएरै निकाला

ओभरस्टे गरेका विदेशी नागरिकलाई सम्बन्धित देशमा फर्काउनुअघि नेपालले जरिवाना समेत तिराउँछ। यस्तो रकम सम्बन्धित दूतावासले नै तिर्ने गर्छ। यसरी जरिवाना रकम तिरेपछि मात्र उनीहरुले आफ्ना नागरिकलाई लैजान पाउँछन्‌।

शरणार्थी बन्‍न आउँछन्‌ अफ्रिकी नागरिक 

विभागका अनुसार अफ्रिकी राष्ट्रका नागरिक शरणार्थी बन्‍ने लक्ष्य लिएरै नेपाल आउने गर्छन्‌। नेपालमा अफ्रिकाका द्बन्द्बग्रस्त क्षेत्रबाट विस्थापित भएका नागरिकहरु बढी भित्रने गरेका छन्‌। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.