|

 काठमाडौं : रेष्टुरेनट  एण्ड बार एसोसिएसन नेपाल(रेवान)ले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर ‘रेबान–बन्दीपुर फेष्ट २०२०’को आयोजना गर्ने भएको छ। शुक्रबार एक कार्यक्रम गरी रेबानले पर्यटकीय स्थल बन्दीपुरमा उक्र महोत्सव यही माघ १७ र १८ गते गर्न लागेको जानकारी दिएको हो।

रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवद्र्धनको विविध कार्यक्रमहरु आयोजना गरिरहेको रेबानले जानकारी गराएको छ। पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए।

खाना तथा बस्नको लागि यो महोत्सवमा छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.