|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता बालुवाटारमा सकिएको छ।

प्रतिनिधि सभाका सभामुखको उम्मेदवार टुंग्याउन बसेका दुई नेताबीचको छलफल करिब २ घण्टासम्म चलेको थियो। 

रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समूहले दाबी गरेपछि समस्या जटिल बनेको थियो।

यस्तोमा छलफलमा जुटेका दुई अध्यक्षको वार्ता सकिएपछि आजै अपरान्ह ४ बजे सचिवालय बैठक डाकिएको छ।

‘सभामुखको उम्मेदवारका दुई अध्यक्षले सहमति जुटाउनुभएको छ’, स्रोतले भन्यो, ‘तर, सचिवालयले निर्णय लिएपछि मात्रै नाम थाहा होला।’

सभामुखका लागि उपसभामुख डा. शिवमाया तुम्बहाङफे, सुवास नेम्बाङ र अग्नि सापकोटाको नाम चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.