|

अर्जुन काफ्ले

पथरी (मोरङ) : बलात्कार आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका-७ का युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पथरीका अनुसार २५ वर्षीय रविन आचार्य पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार धम्की र देखाएर पटक-पटक बलात्कार गरेको भन्दै एक विवाहित युवतीले जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्। 

गिरीका अनुसार पक्राउ परेका युवाले प्रारम्भिक अनुसन्धानका क्रममा दिएको बयानबाट पनि बलात्कार गरेको स्वीकारेका छन्। पछिल्लो पटक चार दिनअघि बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख रहेको गिरीले बताए।

प्रहरीका अनुसार फेसबुकमार्फत डर देखाउँदै धम्की दिएर युवाले युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाण फेला फेला परेका छन्।

आफूसँग रहेको नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने भन्दै यदि त्यसो नगर्ने हो भने मैले भनेको मान्‍नु पर्छ भनेर आचार्यले ‘ब्ल्याकमेल’ गरेको खुलेको छ। 

बारम्बार घटना दोहोरिन थालेपछि युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन्। पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन्।

प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्‍न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्‍गो फोटो पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.