|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहीद शुक्रराज शास्त्रीको शालिकमा फूलमाला लगाएका छन्। सप्ताहव्यापी शहीद दिवसको पहिलो दिन शुक्रबार शाक्यले शास्त्रीलाई मृत्युदण्ड दिइएको टेकुमा रहेको उनको शालिकमा फूलमाला लगाएर श्रद्धाञ्जलिसभा कार्यक्रमको सुरुवात गरेका हुन्।  

सभामा बोल्दै महानगरका प्रमुख शाक्यले पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने सहिदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सफल भएको बताए।  

उनले भने,‘नेपालमा गणतन्त्र आउनमा शास्त्रीको ठूलो योगदान छ। हामीले यसलाई कहिलै बिर्सन हुँदैन।’ महानगरपालिकाले सप्ताहव्यापी रूपमा शहीद दिवस मनाउने याेजना बनाएकाे छ।

उनका अनुसार माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेका स्थानमा र माघ १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेका स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा हुनेछ।  

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर सुरक्षा निकायको ब्‍याण्ड र शहीदहरूको तस्विर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद पार्क लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.