समाज

'योग शिक्षा नेपाल र भारतको साझा पद्दति'

फाइल फोटो
माघ १०, २०७६

    काठमाडौं : नेपालस्थित भारतीय दूतावासका कार्यबहाक राजदूत डा. अजयकुमारले योग शिक्षा नेपाल र भारतको साझा पद्दति भएको बताएका छन्।

    स्वामी विवेकानन्द सांस्कृति केन्द्रको आयोजना दूतावासमा भएको कार्यक्रममा कार्यबहाक राजदूत अजयकुमारले योग नेपाल र भारतको साझा पद्धति भएको बताएका हुन्। उनले स्वास्थ्यको प्राकृतिक तरिकाबाट उपचारमा ध्यान दिन आग्रह गर्दै कम केमिकल र कम औषधिको प्रयोग गर्न सुझावसमेत दिए। उनले प्राकृतिक खानालाई प्राथमिकतामा राख्न पनि आग्रह गरे।

    सांस्कृतिक केन्द्रका निर्देशक प्रोफेसर केदारनाथ शर्माले एक महिने एडभान्स योग शिक्षाको समापन र एक दिने एडभान्स तबला प्लेइङ वर्कसप गरिएको बताए। एक महिने योग कोर्स पूरा गरेका ३७ जनालाई कार्यबहाक राजदूत अजयकुमारले प्रमाणपत्र प्रदान गरेका थिए। भारतको बनारस हिन्द विश्वविद्यालयका प्रोफेसर प्रविण कुमारले एक दिने तबला प्लेइङ वर्कसपमा आफ्नो अनुभव, तबलाको महत्वलगायतका विषयमा जानकारी दिने बताए।

    कार्यक्रम नेपालस्थित भारतीय दूतावासको कार्यालय लैनचौरमा भएको हो। कार्यक्रममा एकमहिने योग शिक्षा लिएका विद्यार्थीलाई प्रमाणपत्र तथा उपाधि प्रदान गरिएको थियो। उनीहरूको लिखित तथा प्रयोगात्मक गराएर उपाधि प्रदान गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]