मकवानपुर : सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौँडाको एनएस सिनेमा हलमा च्यारिटी शो गरिएको छ।
पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको 'च्यारिटी शो' मा उनकी आमा दुर्गादेवी पन्तसहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो। चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल, प्रकृति खरेल, जुनिफर पौडेल, श्रेया आचार्यसहित अन्य कलाकारको समेत बाक्लो उपस्थिती रहेको थियो।
मकवानपुर जागरण अभियानले आयोजना गरेको 'च्यारेटी शो'मा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्रसहित नगद पचास हजार प्रदान गरिएको थियो। पन्तलाई चलचित्रका निर्देशक शिवम् अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफले जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गरे।
कार्यक्रममा कलाकार निर्माता रमित ढुगाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री, निर्देशक गोविन्द गौतमलगायतका संचारकर्मी तथा महिलाअधिकारकर्मी, संचारकर्मीहरूको सहभागीता रहेको थियो। 'च्यारिटी शो'मा उपस्थित दर्शक तथा अधिकारकर्मीले चलचित्र सन्देशमूलक रहेको प्रतिक्रिया दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।