सांसद निर्वाचित हुँदा नबोल्ने अहिले सल्बालाएको आरोप

|

काठामाडौ : लामो कसरतपछि सभामुखमा पक्का पक्की भएको अवस्थामा नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको नाममा फरक फरक विवाद झिक्न थालिएको छ। 

सापकोटाबारे द्वन्द्वकालीन मुद्दालाई लिएर विवाद झिकिएपछि सत्तारुढ नेकपाका नेताहरु बचाऊमा उत्रिएका छन्। वि.सं. २०६२ सालमा तत्कालीन माओवादीको अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि एक्ला उम्मेदवार हुन्।

व्यक्त हत्यासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकाले उनलाई सभामुख बनाउन थालिएको प्रक्रिया तत्काल रोक्न, घटनाको अनुसन्धान र पक्राउ गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा सापकोटाविरूद्ध शुक्रवार रिट हालेका छन्। 

सापकोटाविरुद्धमा आवाज चर्को हुँदै गएपछि सत्तारुढ नेकपाका नेताहरुले उनीविरुद्ध कुनै मुद्दा नरहेको बताएका छन्। 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामूखका उम्मेदवार सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताएका छन्।

त्यस्तै राष्ट्रियसभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता तथा नेकपाका नेता रामनारायण बिडारीले सापकोटाको विरोधको कुनै अर्थ नरहेको तर्क गरेका छन्। 

थाहाखबरसँग कुरा गर्दै बिडारीले सापकोटाविरुद्ध उब्जिएको तरंग अप्रसांगिक भएको बताए। ‘यो अर्थहीन, वाहियात्, अप्रसांगिक, गैरकानूनी, असंवैधानिक नेपालविरोधीहरुले निकालेको कुरा हो', उनले भने, 'सांसद हुँदा, चुनाव जित्दा कहाँ गएका थिए?, १० वर्षपछि कुरा उठाउने? त्यसकारण यो गलत कुरा हो।'

बिडारीले सापकोटाविरुद्ध नेपालभर कतै मुद्दा नभएको प्रष्ट पारे। मुद्दा गर्न पाऊँ भनेर सत्यनिरुपण आयोगमा निवेदनमात्रै परेको उनले जिकिर गरे। ‘अग्नि सापकोटाविरुद्ध छैन, नेपाल सरकार महान्यायधीवक्ताको विरुद्धमा छ, प्रहरीविरुद्ध छ', उनले भने, 'सापकोटालाई मुद्दा चलाउने निर्णय नेपाल सरकारले गर्ने कुरा हो।'

नेपालमा शान्ति स्थापना नहोस् भन्ने, संविधान र नेपालको प्रचलित कानुनविरोधी, विदेशी उक्साहटबाट उत्पन्न तरंगको कुनै अर्थ नरेको उनले जिकिर गरे।

सापकोटाविरुद्ध सबै राजनीतिक दलहरु, संसदको सर्वसम्मत निर्णय भएकाले उनीविरुद्धको रिटले सभामुख चयनमा कुनै असर नपार्ने बिडारीको भनाई छ। यो मुद्दाको कुरा केही होइन, डलर ल्याउने उद्योगमात्र हो, यसले सभामुख चयनमा कुनै असर पार्दैन', उनले भने, 'सांसदहरुको अधिकार कसले रोक्ने? सांसदहरुले सभामुख चुन्ने, उनीहरुको आन्तरिक कुरा हो। सांसदहरुले सभामुख चुन्ने हो, बाहिर चुनाव हुने हो र?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.