|

भद्रपुर : झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ जिल्ला उर्लाबारी ९ बस्ने ३१ वर्षीय धिरेन तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार  शनिबार बेलुका ८ बजे दमक नगरपालिका नयलबारीस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३५प १०५५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक तामाङको मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.