सिडियोले कानुनको उल्लगंन गरेको आरोप

|

काठमाडौं : गायिका आस्था राउतलाई म्याद थपेर चार दिनसम्म थुनामा राख्‍ने प्रशासनको निर्णयप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकै सांसदहरुले चर्को आलोचना गरेका छन्।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपाकी सांसद कोमल वलीले गायिका आस्थालाई गम्भीर अपराधीझैँ थुनामा राखिएकोमा आपत्ति जनाइन्।

'गायिका आस्था राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत हो', उनले भनिन्, 'अनुसन्धानका आधारमा थुन्‍ने अधिकार भए पनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भीर खालको अपराध नगरेको अवस्थामा यो ठीक भएन। तीन वर्षभन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्‍न सकिन्छ। राउतलाई थुनामा राख्नु गलत हो।'

उनले प्रहरी-प्रशासनबाट कानुनको दुरुपयोग भएको आरोप लगाइन्। 'कानुनको मिसयुज भएको छ। फैजदारी अभियोगमा माफि पाएर उन्मुक्ति पाउनुपर्छ भन्‍ने छैन। तर उसले गैरकानुनी कार्य गरेको छ की छैन। अस्थाले कानुनले निषेध गरेको छ छैन भन्‍ने हेरिनुपर्छ', उनले भनिन्, 'गालीगलौज गरेको पनि छैन। अपशब्द पनि गरेको छैन। कानुनले जे जे गर्नुहुन्‍न भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था देखिएको छैन।’

बदनियत राखेर थुनामा राखिएको उल्लेख गर्दै उनले यसबाट स्वतन्त्र रुपमा बयान नहुन सक्नेतर्फ आशंका व्यक्त गरिन्। प्रमुख जिल्ला अधिकारीले एक वर्षभन्दा बढी कैद गर्ने अधिकार नभएको बताउँदै वलीले राउतलाई तारेखमा राखेर अनुसन्धान गर्ने बाटो हुँदा हुँदै थुनिएको बताइन्। 

'सिडियोले यस्तो सामान्य घटनामा कसरी थुन्‍ने आदेश दिन सक्छ। उजुरी गर्नासाथ यसरी थुन्‍ने आदेश दिने हो भने फैजदारी न्यायको मूलमर्म नै नष्ट हुन्छ', उनले भनिन्, 'पहिले सुन्‍ने अनि थुन्‍ने हो। प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ।'

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.