'आफ्ना मान्छे भए ५० बोट काउली रोप्‍दा १०/२० लाख अनुदान'

|

काठमाडौँः राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले हरेक वर्ष कृषि अनुदानको नाममा गएको १० अर्ब रकममाथि भ्रष्टाचार भएको दाबी गरेकी छन्।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘नेपाल कृषि प्रधान देश हो। यहाँ कृषि अनुदानको लागि अर्बौ रकम विनियोजना गरेका हुन्छ। त्यहि अन्र्तगतको १० अर्ब रकम कहाँ खर्च भइरहेको छ भन्ने लेखाजोखा भएको छैन।’

सरकारबाट गएको कृषि अनुदानमा ठुलो मात्रामा भ्रष्टाचार हुने गरेका आरोप लगाइन्। गरिब किसान र लक्ष्यअनुसार अहिलेसम्म अनुदान नपुगेका दाबी गरिन्। ‘सरकारबाट गएको १० अर्ब अनुदान ५० ओटा काउली र १ पाउ प्याज रोप्नेले मात्रै पाउँने रहेछ’ उनले भनिन्, ‘आफ्नो मान्छे हुने ५० बोट काउलीको १०/२० लाख अनुदान कुम्याउने रहेछ, त्यहाँ वास्तविक किसानले पाउँदैनन्।’

कृषि अनुदानको नाममा ठूलो मात्रामा भ्रष्टाचार मौलाउँदै गएकोमा आपत्ति जनाइन्। ‘कृषि अनुदानको नाममा यस्तो कहालीलाग्दो भ्रष्टाचार कसरी न्यूनीकरण गर्न सकिन्छ। त्यसको बाटो खोज्न आवश्यक छ।’

शिक्षक विधेयकमा हरेक विधेयक संविधान विरोधी भएको आरोप लगाइन्। शिक्षा विधेयकमा कक्षा ९ देखि १२ सम्मको जिम्मेवारी स्थानीय सरकारलाई दिनुपर्ने प्रदेश सरकारलाई दिइएर अधिकार हस्तक्षप गरेको आरोप लगाइन्। 

‘स्थानीय सरकार दफा ११ मा प्राविधिक शिक्षा मूल्यांकन र सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था उल्लेख गरिएको छ। तर, स्थानीय सरकारलाई दिएको अधिकार संघीय सरकारले हस्तक्षेप गरेको छ’ उनले भनिन्।

औषधि ऐन २०३६ मौजाद रहेकोमा चोरबाटो भएर पाराभेट अपनाएको उल्लेख गरिन्। औषधि खरिदको जिम्मा स्वास्थ्य मन्त्रालय र औषधि विभागबीच सहमति भएको हुनुपर्ने हो। तर, त्यो भएको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.