पोखरा राइनोजका आइकाेनिक खेलाडी

|

काठमाडौं : वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आस‍न्‍न एभरेष्ट प्रिमियर लिग ईपीएल खेल्ने भएका छन्।  उनलाई पोखरा राइनोजले इपिएलका लागि आइकोनिक खेलाडीका रूपमा आफ्नो टिममा अनुबन्ध गरेको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा पोखराले लामो प्रयासपछि गेल इपिएल खेल्न मानेको बताउँदै उनले कम्तीमा दुई खेल खेल्ने जनाएको छ।

टिमकी मालिक दीपा अग्रवालका अनुसार इपिएलको सफलताका कारण गेल नेपालमा खेल्न राजी भएका हुन्। इन्डियन प्रिमियर लिग आइपिएलमा किंग्स इलेभेन पञ्जाबबाट खेल्दै आएका गेल एभरेष्ट प्रिमियर लिग इपिएलका लागि आगामी मार्च १२ मा नेपाल आउनेछन्।

लामो समयको प्रयासपछि गेल इपिएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ। इपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएका टिमले जनाएको छ।

उनलाई कति रकममा इपिएलका लागि ल्याउन लागिएको हो त्यो खुलाइएको छैन। इपिएल आयोजकले विदेशी खेलाडीलाई यसपटक खेल्ने सबै विदेशी खेलाडीको श्रम स्विकृति लिइने बताएको छ।

इपिएलको आगामी संस्करण आगामी चैत १ देखी १५ गतेसम्म काठमाडौंमा हुँदैछ। इपीएल लगत्तै भारतमा आईपीएल सुरु हुनेछ। आईपीएलको खेल तालिका अनुसार गेलले इपीएलमा कति खेल खेल्ने भन्ने तय हुनेछ। 

भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.