|

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताए। राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री बाँस्कोटाले ले बैठकमा स्वाभाविक रुपमा सरकारको राम्रो कुरा मात्र आउँदैन कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको बताए।

'सरकारको आलोचना केही साथीले गर्नुभएको छ। कम्युनिस्ट पार्टीमा आलोचना हुनु स्वाभाविकै हो। कतिपय थाहा नभएर, कतिपयले बुझेर र कतिपयले आलोचना गर्नै पर्ने कारणले आलोचना भएको हो', मन्त्री बाँस्कोटाले भने, 'हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो।'

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संश्लेषित गर्न जरुरी रहेको बताए। उनले सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढंगले अध्ययन गर्नुपर्ने बताए।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकार अहिले मुलुकलाई आधार विन्दुबाट उठेर क्रमशः परिमाण देखिने विन्दुमा आउन थालेको जानकारी दिए। उनले  भने, 'पार्टीको एकता जुन उचाइ र गहिराइबाट भएको छ। यसले पार्टीको मूलमर्म, भावना, गति र युगीन चुनौतीलाई कार्यभार पूरा गर्ने छ।' 

'पार्टी कसैलाई रहर लागेर बनेको होइन। विभिन्न टुटफुट र विभाजनको अवस्थाबाट बनेका हो', उनले भने, 'त्यसैले केन्द्रीय कमिटी बैठकमा विभिन्न विचार आउँछन्। त्यसलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्दछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.