|

काठमाडौं : विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलका हत्या आरोपी तीन प्रहरीलाई फिर्ता बोलाएको छ।

मुठभेडका नाममा पौडेललाई पक्राउ गरेर मारेको आरोप लागेका प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारहरु श्रीविनोद साह र सत्यनारायण मिश्रलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको हो।

उनीहरूसँगै २ नम्बरमा घुमुवाका रूपमा खटिएका अन्य पाँच जनालाई पनि फिर्ता बोलाइएको प्रहरी स्रोतले जानकारी दिएको खबर कान्तिपुर दैनिकले छापेको छ। धनुषाले उनीहरूसँग भएका पेस्तोललगायतका हतियार पनि फिर्ता लिएको छ।

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले विशेष ब्युरोमा काज दरबन्दी कायम गरेर उनीहरूलाई प्रदेश २ अन्तर्गतका आठवटा जिल्लामा खटाएका थिए। उनीहरूबाटै गत असार ५ मा चन्द समूहका सर्लाही इन्चार्ज पौडेल सर्लाहीमै मारिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.