म्याग्दी : पश्चिम म्याग्दीको दरबाङमा बन्न लागेको २५ मेगावाटको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनामा बेलायतमा रहेका रहेका म्याग्दीका युवाहरुले दुई करोड २५ लाख रुपैयाँ लगानी गर्ने भएका छन्।
मगर संघ म्याग्देली समूह युकेको नयाँ शाखाका रुपमा गत महिनामात्र स्थापना भएको मिडल्याण्ड शाखाको गत आइतवार ननिटनमा बसेको बैठकमा रोजगारीका लागि युकेमा रहेका २० जना म्याग्देली युवाहरुले जलविद्यूत आयोजनाका लागि दुई करोड २५ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता व्यक्त गरेका जलविद्युत् आयोजनाका युके संयोजक तथा एनआरएनए युकेका कोषाध्यक्ष इन्जिनियर तेजेन्द्र रोकामगरले जानकारी दिए।
धौलागिरी कालिका हाइड्रो लिमिटेडको लगानीमा बन्न लागेको उक्त जलविद्युत आयोजनाको कुल लगानी पाँच अर्ब १५ करोड रुपैयाँ अनुमान गरिएको छ। त्यस रकममध्ये ३० प्रतिशत लगानीकर्ताहरुबाट र ७० प्रतिशत बैंकबाट जुटाइने बताइएको छ। बैंकबाट जुटाइने लगानीका लागि ६ वटा बैंकले सहमति जनाइसकेका छन्।
अहिले सुरुङको काम भइरहेको र अर्को वर्षबाट हेडवर्क्स् र पावरहाउसको काम सुरु हुने आयोजनाले जनाएको छ। आयोजना २०७९ सालसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका अध्यक्ष विनोद कुँवरले जानकारी दिए।
उक्त परियोजनामा लगानी गर्न चाहनेहरुले न्युनतम १० लाख रुपैयाँदेखि लगानी गर्न सक्ने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।